+
Search

ताजा अपडेट +

पपुलर +

महाभूकम्पको स्मृति : बारपाक सुलिकोटमा आज सार्वजनिक बिदा

पालिका लाइभ
२०८१ बैशाख १२, बुधबार

गाेरखा– २०७२ वैशाख १२​ को महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले ०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ भूकम्पले ज्यान गुमाएका नागरिकको सम्झनामा बिदा दिने निर्णय गरेको बताए।

गाउँपालिका-१, बारपाकमा रहेको हिमालय माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार दिउँसो ११:४५ बजेश्रद्धाञ्जली सभा राखेको पनि उनले जानकारी दिए।

नौ हजारको ज्यान लिने र २२ हजारभन्दा धेरैलाई घाइते बनाउने बिनाशकारी गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको छ।

०७२ साल वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। यो बिनाशकारी भूकम्पबाट आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ।

भूकम्पको कारण २२ हजार भन्दा धेरै नागरिक घाइते भए। भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर ध्वस्त हुँदा दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो।

gorkha 1713925687

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ