+
Search

ताजा अपडेट +

पपुलर +

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

पालिका लाइभ
२०८१ बैशाख १०, सोमबार

काठमाडौं– सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।

1712224050 mantriparidas 1200x560 1

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्।

कतारका अमिर थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ।

उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ