+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा जीआईसी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २५% हकप्रद सेयरको प्रस्ताव पारित

पालिका लाइभ
२०८१ बैशाख १, शनिबार

काठमाडौं– सानिमा जीआईसी इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको बिहीबार सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पुँजीको २५ प्रतिशत बराबर ५० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अढाई गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो।

प्राधिकरणको यो निर्णयपछि बीमा कम्पनीले मर्जर तथा एक्विजिसन र हकप्रद सेयर निष्कासन गरेर पुँजी जुटाइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ