+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक र एनसीएचएलले गरे अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्झौता

पालिका लाइभ
२०८० चैत्र २८, बुधबार

काठमाडौं– प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै प्रभु बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खाताबाट भारतमा रहेको आफ्नो खातामा सिधै रकम पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक १५ हजार र मासिक १ लाखसम्म भारतीय रुपैयाँ भारतमा पठाउन यो सम्झौताले सहज हुने बैंकको विश्वास छ।

यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामकले तोकेको सीमाको अधिनमा रही नेपालमा प्रभु बैंकको यूपीआई ह्यान्डल लिंक गरिएको खातामा सिधै रकम पठाउन सक्ने व्यवस्था समेत मिलाइएको छ।

हाललाई भने भारतमा रहेका नेपालीले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारतीय रुपैयाँसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति कारोवार ५० हजारसम्म भारतीय रुपैयाँ पठाउन सक्ने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ