+
Search

ताजा अपडेट +

पपुलर +

अभिनेत्री नोरा फतेही भन्छिन्ः मेरो सोच बदलियो, अब बिहे गरेर बस्न चाहन्छु

पालिका लाइभ
२०८० चैत्र २७, मंगलवार

काठमाडौं- बलिउड अभिनेत्री नोरा फतेहीले बिहे गर्ने इच्छा व्यक्त गरेकी छन्।

हालै एक अन्तर्वातामा उनले अहिले आफू अहिले एउटा सुन्दर र इमान्दार जीवनसाथीको खोजीमा रहेको बताएकी हुन्।

‘पहिलेभन्दा यतिबेला मेरो सोच्ने तरिका पूर्ण रूपमा बदलिएको छ। प्रेम र विवाहको विषयमा मेरो धेरै पुरानो धारणा छ’, उनले भनेकी छन्, ‘म पनि बिहे गरेर बस्न चाहन्छु।’

उनले जीवनसाथी धनीभन्दा आफूलाई माया गर्ने खालको हुनुपर्नेमा जोड दिएकी छन्।

‘म भगवानमा विश्वास गर्ने जीवनसाथीको खोजीमा छु। मेरा लागि पैसा पछिको कुरा हो, त्यो भन्दा पहिले मानिस मनको राम्रो हुनु महत्वपूर्ण छ’, उनले भनेकी छन्, ‘आजको संसारमा धेरै स्वार्थी मानिस छन्, जो तपाईंबाट फाइदा लिन चाहन्छन्। तिनीहरू केही वर्ष तपाईंसँग बस्छन्, फाइदा उठाउँछन् र छाड्छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ