+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको शंखमुल र अनामनगरमा गर्‍यो शाखा विस्तार

पालिका लाइभ
२०८० माघ ४, बिहीबार

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा शंखमुल शाखा र काठमाडौं-२९ मा अनामनगर शाखा सञ्‍चालनमा ल्याएको हो।

यी २ शाखाहरु गरी बैंकको शाखा संख्या २६४ पुगेको छ। नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ।

NIMB 1 1024x576 1

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए। साथै, काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखाहरु खोल्ने समेत उनले जानकारी गराए।

हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ