+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकद्वारा इलाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले इलामको इलाम नगरपालिका–४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

१७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलाटे आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । शिविरमा १६० भन्दा बढी महिलाहरुले प्रत्यक्ष लाभ लिएका छन् ।

नेपाल परिवार नियोजन संघसंगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएका थिए ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।

योसँगै ग्लोबल आईएमई बैंकले वार्षिकत्सवको अवसरमा सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सातै प्रदेशमा सञ्चालन गरिएको शिविरमा १ हजार २५० भन्दा बढी महिलाहरुले स्वास्थ्य चेकजाँच गराएको बैंकको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ