+
Search

ताजा अपडेट +

पपुलर +

महालक्ष्मी विकास बैंकको ६.४ प्रतिशत नगद लाभांश पारित

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– महालक्ष्मी विकास बैंकको २२ औं वार्षिक साधारणसभाबाट सेयरधनीका लागि घोषित ६.४ प्रतिशत नगद लाभांश पारित भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार बसेको साधारणसभाले हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्न जेबी राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

साथै, लेखापरीक्षकको पारिश्रमिक समेत अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ