+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत, सोमबारदेखि बजारमा कारोबार हुने

पालिका लाइभ
२०८० पुष २२, आईतवार

काठमाडौं– हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ ।

कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ । यसको कोड नाम एचआरएल रहेको छ ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ ।

अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

अंकित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको हो । जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ । साधारण सेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ । यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ