+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न निषेध, बेचे कडा कारबाही हुने

पालिका लाइभ
२०८० मंसिर २७, बुधबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

दुई साताअघि (१५ मंसिरमा) काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

महानगरको गरेको सो घोषणा आजबाट लागू भएको हो।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगरका प्रहरी मार्फत त्यस्ता जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।

सूचना

405826167 KTM notice

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ