+
Search

ताजा अपडेट +

पपुलर +

टाइम्स इनर्जीले ३४१ मेगावाटको बुढीगण्डकी निर्माण गर्ने, २०८५ चैतदेखि उत्पादनको लक्ष्य

पालिका लाइभ
२०८० भाद्र १४, बिहीबार

काठमाडौं- टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बुढीगण्डकी अर्ध-जलाशययुक्त आयोजना निर्माण गर्ने भएको छ। गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो।

कम्पनीले सम्भाव्यता अध्ययन सकेर आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै विद्युत विकास विभागमा निवेदन दिएको थियो। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै विभागले आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

प्रस्तावित आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको आयोजना हो। यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहेको छ। दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ। आयोजनाले वार्षिक सरदर १८३७.१६ गिगावाट घण्टा बिजुली उत्पादन गर्न सक्छ।

आयोजनाको मुख्य संरचनाहरु बुढीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुनेछन्। ६ हजार ८४२ मिटर मुख्य सुरुङमार्ग निर्माण गरिनेछ।

उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारणलाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ। २०८५ चैतदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ