+
Search

ताजा अपडेट +

पपुलर +

१ करोड ५० लाख लागतमा निर्माण भयो गोरखा दरौँदी यातायातको भवन, श्रेष्ठले गरे उद्घाटन

पालिका लाइभ
२०८० भाद्र ४, सोमबार

गोरखा– गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गोरखा नगरपालिका–९, खोलखोलेमा रहेको नवनिर्मित भवनको एक कार्यक्रममा बिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

369282167 Gyneendra shrestha

उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै श्रेष्ठले गोरखा दरौँदी यातायात सेवा प्रा.लिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले तत्कालीन गोरखा यातायातले स्थापनाको समयदेखि नै निक्कै कठिनाइ र चुनौतीहरू भोगेर अहिलेको अवस्थासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरूको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सबै व्यवसायीहरूलाई अनुरोध गरे ।

369477034 Gorkha darrr yata

‘मैले भन्दै पर्छ गोरखा जिल्लामा तत्कालीन पृथ्वी यातायातको सिन्डिकेटलाई तोडेर आम नागरिकहरूलाई सरल र सहज यातायात सेवा पु¥याउनका लागि संस्थाको स्थापना गरिएको थियो,’ उनले भने ।

यस अघि नै प्रा.लिले आफ्नो नाममा खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रम प्रा.लिका अध्यक्षतामा नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ