+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणासभा आयोजना गर्ने

पालिका लाइभ
२०८० भाद्र ४, सोमबार

काठमाडौं- समाजवादी मोर्चाले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ।

आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको हो।

नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गरिने निर्णय भएको छ।

यसैगरी भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने उनले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीलाई निर्णय जानकारी गराउँदै उनले भने, ‘त्यो सन्देश सभामा हामी प्रदेशको मोर्चा पनि गठन गर्नेछौं।’

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

उनीहरूले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।

आजको बैठकले मोर्चाको प्रदेश संयोजक सातै प्रदेशमा हुने सभामा घोषणा गर्ने निर्णयसमेत गरेको विप्लवले बताए ।

मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको विप्लवले जानकारी दिए । उनले भने, ‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छौं । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ