+
Search

ताजा अपडेट +

पपुलर +

गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

पालिका लाइभ
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारको पालामा झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिन अनुकूल हुने गरी संसदले भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

टी इस्टेटको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए ।

भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको प्रचण्डले दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ