+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था

पालिका लाइभ
२०८० असार २, शनिबार

काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ।

बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। उक्त रेष्टुरेन्टमा ग्राहकहरुले विभिन्न प्रकारका जापनिज परिकारहरुको स्वाद लिन सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरू तथा १२२ वटा ए.टि.एम.हरू संचालनमा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ