+
Search

ताजा अपडेट +

पपुलर +

चन्द्र ढकालले दिल्लीका व्यवसायीसँग भने- अहिले नेपालमा लगानी गर्न उपयुक्त समय छ

पालिका लाइभ
२०८० जेष्ठ २०, शनिबार

नयाँ दिल्ली– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासले अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै ढकालले यस्तो बताए।

उनले नेपालमा रहेका भारतीय कम्पनीहरूले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त दिँदै ढकालले ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए।

महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने ढकालको भनाइ छ।

भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर छोप्न समेत उद्योगी व्यवसायीहरूलाई आग्रह गरे।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज छ भन्ने स्पष्ट सन्देश दिएको बताए ।

सोही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे।

भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा मात्र सीमित नरहेको बताए।

‘हामीसँग गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ’ उनले भने ‘यो साझेदारी र मित्रता मात्रै होइन, यो एक परिवार हो । भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ