+
Search

ताजा अपडेट +

पपुलर +

बजेटप्रति बाबुरामको असन्तुष्टि– हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पर्दै छ

पालिका लाइभ
२०८० जेष्ठ १६, मंगलवार

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारद्वारा सार्वजनिक आगामी आर्थिक वर्षको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका बाबुरामले देशको अर्थतन्त्रले संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेको तर बजेट पुरानै पारामा आएको टिप्पणी गरेका छन्।

‘नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा छ’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला!’

हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दै गएको चिन्ता उनले प्रकट गरेका छन्।

‘अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुइतिहाइ हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एकतिहाइमध्ये पनि पुँजीगत खर्च (३खर्ब २ अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँ/ब्याज भुक्तानी (३ खर्ब ७अर्ब) बढी हुन थालेछ’, उनले भनेका छन्, ‘यो भनेको हाम्रो कमजोर अर्थतन्त्र ऋणपासोमा पनि पर्दैछ भन्ने हो। यसले ठूलो संरचनात्मक परिवर्तन र क्रमभंगको माग गरिरहेछ भन्ने प्रस्टै छैन र? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ