+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको दुई लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई प्राथमिकता

पालिका लाइभ
२०८० बैशाख ३, आईतवार

काठमाडौ– कुमारी बैंकको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीका लागि आएको छ।

बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

बैंकका कायम संस्थापकले मात्र सो सेयर किन्न पाउछन्। उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

खरिद गर्न चाहेको कित्ता र आशय मूल्यसहित आवेदन बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल वा कुमारी बैंकको प्रधान कार्यालयमा पठाउनुपर्ने छ।

तोकिएको समयभित्र आवेदन नपरे संस्थापकभन्दा बाहिर विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ