+
Search

ताजा अपडेट +

पपुलर +

सडक नभएको ठाउँमा पुल बनाएकामा प्रदेश मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्धा

पालिका लाइभ
२०७९ फाल्गुन १४, आईतवार

काठमाडौं– गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुबैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

त्यस क्रममा भौतिक पूर्वधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ