+
Search

ताजा अपडेट +

पपुलर +

अर्थ मन्त्रालयले माग्यो करारमा काम गर्ने कर्मचारीको विवरण

पालिका लाइभ
२०७९ फाल्गुन १२, शुक्रबार

काठमाडौं– अर्थ मन्त्रालयले विभिन्न सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीहरुको विवरण माग गरेको छ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशमखाले बिहीबार एक सूचनामार्फत् सरकारी निकायमा कार्यरत करार कर्मचारीको विवरण ७ दिनभित्र उपलब्ध गराउन भनेको छ।

सूाचनामा भनिएको छ, ‘मन्त्रालय, आयोग, निकाय, कार्यालय, वा अन्तर्गतका विभाग, वोर्ड, आयोजना लगायतका विभिन्न निकायमा कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको पद, नाम, श्रेणी, करार दरवन्दी स्वीकृत मिति, नियुक्ति मिति, स्वीकृत गर्ने निकाय, स्वीकृत दरबन्दी संख्या, स्वीकृत दरबन्दीभित्र कार्यरत रहेका करार कर्मचारीको संख्या, स्वीकृत दरबन्दी बाहिर कार्यरत रहेका करार कर्मचारीको संख्या 7 दिनभित्र उपलब्ध गराइदिनु हुन २०७०–११–०४ को निर्णयानुसार अनुरोध छ।’

MOF karar Notice1677220916

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ