+
Search

ताजा अपडेट +

पपुलर +

‘नांगो गाउँ’मा रोमान्स गर्दै कर्म र साम्राज्ञी

पालिका लाइभ
२०७९ फाल्गुन १०, बुधबार

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्म शाक्यले ‘नांगो गाउँ’मा रोमान्स गर्ने भएका छन्। दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा यी दुई कलाकार शीर्ष भूमिकामा अनुबन्ध भएका हुन्।

फिल्मका लागि औपचारिक सम्झौता गरे पनि दुवै कलाकारले भूमिका मन परेर फिल्ममा जोडिएको बताएका छन्। कर्म र साम्राज्ञी पहिलो पटक स्क्रिन सेयर गर्ने तयारीमा छन्।

कर्म र साम्राज्ञीका साथमा फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गर्ने छन्।

मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्म फागुन अन्तिम सातादेखि छायांकनमा जाने छ। काभ्रेमा खिचिने फिल्ममा हिमाल शर्माले लगानी गर्नेछन्।

फिल्ममा कर्म र साम्राज्ञी जोडिएपछि फिल्मका निर्देशक भनेका छन्, ‘मलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो। यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ।’

दीपेन्द्रले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ