+
Search

ताजा अपडेट +

पपुलर +

अनेरास्ववियुको गोरखा अध्यक्षमा प्रताप ढकाल

पालिका लाइभ
२०७९ माघ १४, शनिबार

गोरखा– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाको अध्यक्षमा प्रताव ढकाल निर्वाचित भएका छन् । नेकपा एमाले निकट संगठनकाे आज सम्पन्न १४औं जिल्ला अधिवेशनले ढकालको अध्यक्षमा २३ सदस्यीय कमिटि निर्माण गरेको हो । ढकाल यसअघि जिल्ला संयाेजक थिए ।

अनेरास्ववियुका केन्द्रीय बरिष्ट उपाध्याक्ष आरसी लामिछानेको प्रमुख अतिथिमा १४औं जिल्ला सम्मेलन भएको हो । सम्मेलनले जिल्ला उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा प्रमिला खड्का, सह-सचिवमा मिलन बराम, कोषाध्क्षमा बिक्रम तामाङसहितको पदाधिकारी चयन गरेको अनेरास्ववियुले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेसंगै विभिन्न विद्यार्थी संगठनले जिल्ला भेला तथा सम्मेलन मार्फत प्रशिक्षण कार्यक्रमसमेत गर्दै आएका छन् ।

जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संगठनका बरिष्ट्र उपाध्यक्ष लामिछानेले निकट समयमा स्ववियुमा आफ्नो संगठनको बलियो उपस्थिति देखाउन निर्देशन दिए । उनले विद्यार्थी हकहितका साथै जिल्ला भित्रका हरेक सामुदायिक विद्यालयमा संगठन निर्माणमा जोड दिन निर्देशन दिएका थिए ।

लामिछानेले देशको जिम्मेवारी अनेरास्ववियुकाे काँधमा थपिएको भन्दै देशलाई संक्रमणकालिन अवस्थाबाट निकाश दिन विद्यार्थीको भुमिका अहम भएकोले सबै विद्यार्थीहरुलाई एकजुट हुन आग्रह समेत गरे ।

विद्यार्थी देशको कर्णधार भएकोले विद्यार्थीहरुलाई संगठित हुन उनले अनुरोध थियाे । विद्यार्थी संगठनबाट नेता उत्पादन हुने भएकोले संगठनलाई विस्तार गरी नेतृत्वदायि भुमिका निर्वाह गर्न आग्रह गर्दै देशका सबै ठूला नेता विद्यार्थी राजनीतिको उत्पादन भएकोले यसलाई राजनीतिको नर्सरीका रुपमा मान्न सकिने उनकाे तर्क थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ