+
Search

ताजा अपडेट +

पपुलर +

नियमविपरीत राखिएका फ्लेक्स बोर्ड हटाउदैं बन्दिपुर गाउँपालिका

पालिका लाइभ
२०७९ माघ १२, बिहीबार

तनहुँ- बन्दिपुर गाउँपालिकाले पर्यटकिय क्षेत्र बन्दिपुर बजारमा नियमविपरीत राखिएका फ्लेक्स बोर्ड हटाउने कामलाई तीव्रता दिएको छ।
सुन्दर तथा पर्यटकिय क्षेत्र भएकोले नियमविपरीत राखिएका फ्लेक्स बोर्ड हटाउने कार्य सुरु गरेको गाउँपालिकाले जनाएको छ।

3271409953 Bandipur

 

बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको हो । गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

साथै बजारमा नियमविपरीत अव्यवस्थित रुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामाग्रीहरु हटाई व्यवस्थित गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ