+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीले आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएपछि

पालिका लाइभ
२०७९ पुष २३, शनिबार

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन् ।

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पुगेका बेला आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेकालागि छुट्टै सोफा राखिएको थियो ।

मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू बसिरहेका थिए।  आफू बस्ने आसन देख्नेबित्तिकै लामिछानेले आपत्ति जनाए। र उपस्थित नजिकै रहेका सुरक्षाकर्मीहरुलाई कुर्सी फेर्न अनुरोध गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ