+
Search

ताजा अपडेट +

पपुलर +

साधना लघुवित्तले २० प्रतिशत लाभांश दिने

पालिका लाइभ
२०७९ पुष ९, शनिबार

गाेरखा- साधना लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ