काठमाडौँ- कतारमा जारी विश्वकप अन्तर्गत समूह चरणको खेलमा मोरक्को र क्रोएसियाको खेल बराबरीमा सकिएको थियो।
यो खेलमा यी दुई टोलीले बराबरी खेलेको भन्दा पनि अहिले सामाजिक सञ्जालमा एक फरक विषयमा चर्चा चुलिएको छ। कतार विश्वकपमा क्रोएसियाको पहिलो खेल हेर्न पुगेकी पूर्व मिस क्रोएसिया इभाना नोलको तस्बिरबारे सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दुई तस्बिरमा उक्त खेल हेर्न पुगेका कतारी दर्शकले इभानालाई घुरेर हेरिरहेको र पछि तस्बिर लिइरहेको देख्न सकिन्छ। केहीले कतारी दर्शकले विना कुनै हिचकिचाहट इभानाको तस्बिर लिएकोमा प्रशंसा गरेका छन् भने केहीले भने कतारको संस्कृतिको सम्मान नगरेको भन्दै इभानाको आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएका फोटोको विषयमा बोल्दै कतारका व्यवसायी मोहम्मद हसन अल जेफाइरीले भने कतारी दर्शकको क्रियाकलापको बचाउ गरेका छन्।
उनले भनेका छन्, ‘तपाइँको जानकारीको लागि भनौं, उनीहरुले महिलाको पोशाक मन पराएकाले तस्बिर लिएका थिएनन्, जुन हाम्रो संस्कृतिको विरुद्धमा छ। यो तपाइँले कताका मानिसहरुबाट पनि पुष्टि गर्न सक्नुहुन्छ। सायद उनीहरुले यसबारे उजुरीका लागि उनले तस्बिर लिएको हुन सक्छ।’
मोडलसमेत रहकी इभानाले सामाजिक सञ्जालमा पनि उक्त खेलमा सहभागी भएको तस्बिर राखेकी छिन्।
जहाँ दुई लाखभन्दा धेरै मानिसले उनको तस्बिरमा लाइक गरेका छन्। उनले सामाजिक सञ्जालमा पनि केही फ्यानहरुले कतारको संस्कृतिको सम्मान गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया