+
Search

ताजा अपडेट +

पपुलर +

स्याङ्जा-२ : २९ हजार ३३ मतसहित धनराजको अग्रता कायमै, पछ्याउँदै पद्मा

पालिका लाइभ
२०७९ मंसिर १७, शनिबार

स्याङ्जा– स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले २९ हजार ३३ मत प्राप्त गरी अग्रता लिएका छन

एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरूको मतान्तर ६ हजार ५४ को छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७१३ मत ल्याएका छन् ।

यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिइरहेका छन्।

उनले १६ हजार ६९० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १३ हजार ४६१ मत पाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ