+
Search

ताजा अपडेट +

पपुलर +

‘थ्रेस होल्ड’ कटाउन एकीकृत समाजवादीलाई अझै ४० हजार मत आवश्यक

पालिका लाइभ
२०७९ मंसिर १३, मंगलवार

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ जारी मत गणना अन्तिम चरणमा पुगेको छ। समानुपातिक मतको संख्या ९९ लाख ३४ हजार ७ सय ३६ पुगेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यो हिसाबले अब समानुपातिकतर्फ ७ लाखदेखि साढे ७ लाखसम्म मत गन्न बाँकी देखिन्छ।

यो अवस्थामा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी ‘थ्रेस होल्ड’ नजिक पुग्ने प्रयासमा छ। कूल सदर मतको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेस होल्डको सीमा मानिएको छ।

एकीकृत समाजवादीले २ लाख ८० हजार २ सय समानुपातिक मत प्राप्त गरिसकेको छ। थ्रेस होल्ड पार गर्न अब उसलाई ४० हजार आसपास मत आवश्यक देखिन्छ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने मापदण्ड पूरा गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ