+
Search

ताजा अपडेट +

पपुलर +

संघको मत प्रदेशमा खसेपछि पालुङटारमा पुनः मतदान

पालिका लाइभ
२०७९ मंसिर ४, आईतवार

गाेरखा- पालुङटार नगरपालिका-७ च्याङ्यालीको जीवनज्योति माध्यमिक विद्यालयकाे मतदान केन्द्रमा मतपेटिका साटिएको पाइएपछि पुनः मतदान गराउन लागिएको छ ।

मतदानका बेला प्रदेशसभा निर्वाचनका मतपेटिकाको सट्टा प्रतिनिधिसभाकै पत्र र मतपेटिका प्रयोग भएको पाइएपछि पुनः मतदान गराउन लागिएको हो ।

स्थानीयका अनुसार कुनै राजनीतिक दलका कारण नभई मतदान अधिकृतको असावधानीले पुनः मतदान गराउनु परेको बताएका छन् ।

यसअघि सो मतपत्रमा मतदान गरेका ३३ जनालाई बोलाएर फेरि मतदान गराइने जनाइएको छ । पहिला मत हालेका पत्रलाई सिल गरेर राखिएको र पुनः मतदानको प्रक्रिया थालिएको छ ।

गोरखा क्षेत्र नं. २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अब्दुस मियाँलगायत प्रतस्पिर्धी रहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ