+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको समानुपातिकमा बाबुरामलाई माओवादीले दियो ५ सिट

पालिका लाइभ
२०७९ आश्विन ३, सोमबार

काठमाडौं- माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ ।

उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनको भनाइ छ ।

उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए ।

‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ