काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको सुदूरपश्चिम संयोजकमा दिपेश शाह मनोनयन भएका छन ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको ९ जिल्ला अधिवेसन गर्ने गरि सुदूरपश्चिम संयोजकमा दिपेश शाहलाइ मनाेनयान गरिएकाे हाे ।
पार्टी र विद्यार्थी संगठनमा राम्रो छवि बनाएका उनलाई असोज मसान्त भित्र प्रदेशका ९ वटै जिल्लामा अधिवेशन गरिसक्ने गरि संयोजकको जिम्मेवारी दिइएको संगठनले जनाएको छ ।
हालै मनोनयन भएका संयोजक शाहले आफुलाई विश्वास गरेर प्रदान गरिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने बताएका छन् ।



प्रतिक्रिया