+
Search

ताजा अपडेट +

पपुलर +

वृद्धभत्ता बढाएकोमा ओलीको आपत्ति, भन्छन्– गठबन्धनले भोटको राजनीति गर्‍यो

पालिका लाइभ
२०७९ भाद्र २९, बुधबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकारले वृद्धभत्तामा धाँधली गरेको आरोप लगाएका छन्।

नेपालीको औसत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिए पनि गठबन्धन सरकारले यसमा धाँधली गरी ६८ वर्ष बनाएकोमा उनले असन्तुष्टि जनाए।

मंगलबारदेखि पोखरामा सुरु भएको पार्टीनिकट नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो भनाइ राखेका हुन्।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगेको भन्दै उनले प्रत्येक निर्वाचनपिच्छे उमेर घटाउँदै लगे जन्मनेबित्तिकै भत्ता पाउने अवस्था आउने बताए।

हाल देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा सरकारले भत्ता पाउने उमेर घटाएर भोटको राजनीति गरेको एमाले अध्यक्ष ओलीको आरोप छ।

उनले धाँधली गर्नकै लागि कांग्रेस चुनाव आउने वेलामा सरकारमा जाने गरेको आरोपसमेत लगाए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ