+
Search

ताजा अपडेट +

पपुलर +

प्रिमियर लिगमा सिटीको विजयी सुरुआत, डेब्यु खेलमै हालाण्डको दुई गोल

पालिका लाइभ
२०७९ श्रावण २३, सोमबार

काठमाडौं– साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ।

गएराति भएको खेलमा वेस्टह्याम युनाईटेडलाई २–० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद् सुरुआत गरेको हो।

वेस्टह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुवै गोल गरे। खेलको ३६औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।

प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन्। त्यसपछि खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए।

जितसँगै सिटीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ। वेस्टह्यामले भने हारबाट सिजनको सुरुआत गरेको छ।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ। युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो। यस्तै, लेस्टर सिटीले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ