+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, निर्वाचनको मिति तोक्न सक्ने

पालिका लाइभ
२०७९ श्रावण १८, बुधबार

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्।

दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। बालुवाटार बैठकमा सम्भवतः आगामी प्रदेशसभा र संघीय निर्वाचनको मिति तय हुन सक्नेछ।

गठबन्धन बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे छलफल भइरहेको परियारको भनाइ छ। बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ