+
Search

ताजा अपडेट +

पपुलर +

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

पालिका लाइभ
२०७९ असार १६, बिहीबार

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्।

बिहीबार बिहान उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको गोगनेमा सडक किनारबाट चिप्लिन पुग्यो।

तर, अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले जानकारी दिएका छन्। उनले आफूलगायत त्यसमा सवार सबै सकुशल रहेको जानकारी पनि दिएका छन्।

‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो। भगवानको कृपाले हामी सबै सकुशल छौं’, गुरुङले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जनलगायत पाँच जना थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ