+
Search

ताजा अपडेट +

पपुलर +

ओली सरकारकै पालामा एसपीपीमा सहभागी हुन पठाएको थियो पत्र

पालिका लाइभ
२०७९ असार २, बिहीबार

काठमाडौं– स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागिरहेका बेला यसबारे केपी ओली प्रधानमन्त्री हुँदै सेनाले लेखेको पत्र सार्वजनिक भएकाे छ।

नेपाली सेनाले एसपीपीमा सामेल हुन सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएको हो।

सन् २०१५ को अक्टोबर २७ (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेखेका थिए।

उक्त पत्रमा नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी गराउन आग्रह गरेका छन्। ओली प्रधानमन्त्री भएको करिब १५ दिनपछि नेपाली सेनाले पत्र पठाएको थियो। ओली २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए।

111

पछिल्ला केही दिन नेपाली राजनीति एसपीपीका कारण तातेको छ। सरकारले एसपीपीमा हस्ताक्षर गर्न लागेको दाबी गरिएको छ।

बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको बताएको थियो। तर बुधबार सेनाले एसपीपीमा सहभागी हुन पत्राचार नगरेको दाबी गरेको थियो।

बिहीबारमात्रै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली प्रधानमन्त्री हुँदा एसपीपीमा सहभागी हुन सरकारका तर्फबाट कुनै प्रस्ताव नगरिएको दाबी गरेका थिए। एमाले र ओली नेतृत्वको तत्कालीन सरकारलाई बदनाम गराउने प्रयास भएको दाबी उनले गरेका थिए।

यद्यपी पोखरेल ओलीको दोस्रो कार्यकालमा उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारीमा दिए। ओलीको पहिलो कार्यकालमा भीम रावल उपप्रधान तथा रक्षामन्त्री थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ