+
Search

ताजा अपडेट +

पपुलर +

आँबुखैरेनीमा सडक भासिदा दुईतर्फी यातायात अवरुद्ध, कार पुरिएको अवस्थामा भेटियो

पालिका लाइभ
२०७९ जेष्ठ २७, शुक्रबार

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा एउटा सवारी साधन पनि पुरिएको अवस्थामा देखिएको छ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार सडकबाट तल मर्स्याङ्दी नदीको खोचमा कार खसेको देखिएको छ। खसेको कारमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

भासिएको स्थान भीर र नदीको बहाव ठूलो भएकोले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

287269704 2099994600162113 2515665321269263022 n

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको खड्काले जानकारी दिए।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए। करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ