+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री देउवा दिल्लीमा, रक्षा राज्यमन्त्री अजय भट्टले गरे विमानस्थलमा स्वागत

पालिका लाइभ
२०७८ चैत्र १८, शुक्रबार

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भ्रमणका लागि भारत पुगेका छन्। तीन दिने भ्रमणको सिलसिलामा देउवा शुक्रबार दिउँसो दिल्ली पुगेका हुन्।

देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्। ३१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका देउवाले शुक्रबारदेखि नै राजनीतिक भेटघाट गर्नेछन्।

भारतका विदेशमन्त्री एस जयशंकरले देउवालाई उनी बस्ने होटल आईसीटीमा भेट गर्नेछन्। यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग पनि देउवाले भेटवार्ता गर्नेछन्।

भाजपाले देउवालाई आफ्नो मुख्यालयमा स्वागत गर्नेछ। भाजपाले देउवालाई आफ्नो मुख्यालयमा स्वागत तथा सम्मान गर्ने कार्यक्रम छ।

देउवा शुक्रबार साँझ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सरिक हुनेछन्। देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।

देउवाले शनिबार दिउँसो भारतका बहुराष्ट्रिय कम्पनीका सीईओहरुसँग अन्तर्क्रिया गर्नेछन्। यस्तै, शनिबार साँझ उपराष्ट्रपति वैंकटेश नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ