+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस नेता, कार्यकर्तालाई प्रधानमन्त्री देउवाको निर्देशन : गठबन्धनका सदस्य दलको चित्त दुख्ने गरी नबोल्नू

पालिका लाइभ
२०७८ फाल्गुन २४, मंगलवार

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।

कतिपय युवा नेताहरूले एमसिसीमा दाहोरो चरित्र देखाएको भन्दै माओवादी र एकीकृत समाजवादीका नेताविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि देउवाले नेताहरूलाई गठबन्धनका नेताको आलोचना नगर्न भनेका हुन् । गठबन्धन दलको चित्त दुख्ने गरी प्रस्तुत नहुन उनले निर्देशन दिएका हुन् ।

मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।

‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको पक्षमा माहोल बनाउनु होला’ उनले भने। कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

कांग्रेसमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा प्रष्ट धारणा नबनिरहेका बेला देउवाले गठबन्धनको विरोध नगर्न भनेका हुन् ।

संस्थापन चुनावी तालमेलको पक्षमा रहे पनि डा. शेखर कोइराला पक्ष भने चुनावी तालमेलको पक्षमा छैन । कांग्रेसलाई पहिलो नम्बरको पार्टी बनाउन पनि केही ठाउँमा चुनावी तालमेल गरेर जानुपर्नेमा देउवा रहेका छन् ।

उक्त अभियानको अन्तिम तयारीका लागि शीर्ष नेता सहितको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा केही केन्द्रीय सदस्यले निर्णय प्रक्रियामा आफुहरुलाई समावेश नगरिएको भन्दै शीर्ष नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ