+
Search

ताजा अपडेट +

पपुलर +

अभिनयमा जम्दै गोर्खाली चेली मेनुका, भन्छिन-कर्म र परिश्रममा बिश्वास गरे सफल भइन्छ

पालिका लाइभ
२०७८ फाल्गुन १, आईतवार

गाेरखा- धार्चे गाउँपालिका-३, खोर्लाकी मेनका गुरुङ पछिल्लो समयमा म्युजिक भिडियोमा उदाइरहेकी नयाँ अनुहारकि मोडल हुन् ।

धार्चेको खोर्लाको सात कन्या माध्यमिक विद्यालयबाट २०७३ सालमा एसईई उतीर्ण गरेपछि उनले म्युजिक भिडियोमा करियर सुरुवात गरकी हुन् ।

सानै उमेरदेखि ‘नृत्यमा रुचि राख्ने मेनुकाले हाल एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय सकेकी छिन् ।

‘स्कुलमा सानैदेखि डान्स गर्ने भएकाले पनि स्थानीय र शिक्षकहरुले पनि ठूलो भएपछि नायिका बन्नु पर्छ भन्ने गर्नुहुन्थ्यो । अहिले दर्शकको माया, साथ र सहयोगले यहाँ सम्म आइपुगेकी छु’ उनले भनिन् । हाल उनी स्नातक तहको पढाइसँगै म्युजिक भिडियो र टेलिसिरियलमा पनि अभियन गर्दै आइरहेकी छिन् ।

उनको अभियनले पछिल्लो समयमा प्रशंसा पाउन थालेको छ । उनले अहिलेसम्म ‘यता न उता’, ‘हल्का रमाइलो’, ‘कुरा मात्र भो’, ‘धोकेबाज साथी’, ‘दोधार’, ‘दुखी बुवाआमा’, ‘के यो माया हो’, हेप्पी भ्यालेन्टाइन डे’, ‘गोरु बेचेको साइनो’, लगायतका सट मुभीहरुमा अभियन गरिसकेकी छिन् ।

त्यस्तै ‘लेकाली ठिटो’, ‘चोटै चोटले’, ‘आशाको दियो’, ‘रुन्छ मेरो आत्मा’, ‘माया गर्ने मुटु’, दशै, तिज, लोकदोहोरीलगायका एक दर्जन भन्दा बढी म्युजिक भिडियो क्याट वाक बिज्ञापनमा पनि अभिनय गरिसकेकी छन् ।

‘यो क्षेत्रमा आजको स्थान सम्म आउनको लागि सहयोग गर्नुहुने मेरो परिवार लगायत सबैलाई धन्यवाद दिन चाहान्छु, मोडलिङ क्षेत्रमा धेरै सम्भावना छ तर यो क्षेत्रमा आउन लागेका नयाँ साथीहरुलाई जानेर बुझेर अध्ययन गरेर मात्र आउन सुझाव दिन्छु’ उनले भनिन् ।

नायक जीवन लुइटेल र नायिका रेखा थापाको फ्यान समेत रहेकी मोडल गुरुङ हाल काठमाडौंमा बस्दै आएकी उनी यस क्षेत्रमा लागेको पनि चार/पाँच वर्ष भइसकेको छ । सानो पर्दाको मुभीबाट सुरु गरेकी उनी गुरुङ चलचित्र मार्फत सहनायिक भूमिका देखिने भएकी छिन् ।

‘आफ्नै कर्म’ नामक गुरुङ चलचित्रबाट उनी सहनायिकका भूमिकामा देखिने भएकी हुन् । कोभिड र लकडाउनका कारण चलचित्र प्रदर्शन हुन पाएको छैन् । कोभिडको अवस्था सामान्य भएसँगै चलचित्र प्रदर्शनमा आउने उनी बताउँछिन् ।

‘कुनै काम सानो वा ठूलो हुदैन, सबै काम गर्नुपर्छ । सट मुभी, टेलीसिरियल, म्युजिक भिडियोम सबै अभिनय गरेकी छु । सुरुमा स्थापित हुनका लागि विना पारिक्षमिक पनि काम गरेँ’, उनी भन्छिन्, ‘तर अहिले राम्रो काम गरे भने पारिश्रमिकको कुनै समस्या छैन, तर काम सुरु परेपछि त्यसमा फोकस भएर लाग्नुपर्छ ।’ अहिले व्यक्तिगत काममा व्यस्त भएका कारण म्युजिक भिडियोहरुको अफर आइरहेता पनि समय दिन नपाएको उनले बताइन् ।

दर्शकले नयाँ र राम्रा कलाकारलाई रुचाउने भएकाले म्युजिक भिडियो मेकरहरु नयाँ अनुहारलाई भित्र्याउन लालयित हुन्छन् । तसर्थ कलाकारिता मा आफ्नो भबिष्य उज्जवल छ मिहनेत र कर्म लाइ बिस्वास गर्यौ भने अबश्य सफल हुन् सकिन्छ भन्ने उनको धारणा छ ।

गोरखाको बिकट ठाउ मा जन्मिएर पनि आज मोडलिङ्ग मा आफ्नो भबिष्य खोज्दै गरेकी मेनुकालाई गोरखा संदेश परिवारको तर्फबाट पनि शुभकामना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ