+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकले ६ महिनामा कमायो २ अर्ब १८ करोड खुद नाफा

पालिका लाइभ
२०७८ माघ ७, शुक्रबार

काठमाडाैं- नबिल बैंकले चालू आर्थिक वर्षको छ महिनामा २ अर्ब १८ करोड १४ लाख २० हजार खुद नाफा गरेको छ। यो अवधिमा बैंकको यो नाफा गत वर्षभन्दा ८.२० प्रतिशतले बढी हो।

शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरणअनुसार गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा २ अर्ब १ करोड ६० लाख २३ हजार थियो।

यस वर्ष बैंकको सञ्चालन नाफा ८.६० प्रतिशत बढेर ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार पुगेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार थियो। यो अवधिमा वितरणयोग्य नाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ।

३३ दशमलव ६० प्रतिशत बोनस सेयर बाँडेको बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार पुगेको छ।

बैंकको जगेडा कोषमा १४ अर्ब ६२ करोड ६४ लाख ८४ हजार रहेको छ।

बैंकको निक्षेप संकलन गत वर्षभन्दा ४ प्रतिशत बढेर २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार पुग्दा कर्जा प्रवाह पनि ८ दशमलव ६८ प्रतिशत बढेर २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार पुगेको छ।

निष्क्रिय कर्जा ०.६ प्रतिशतबाट बढेर यो वर्ष १.११ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २३.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ