+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारमा हरियाली, ६९ अंकले सूचक बढ्दा साढे ९ अर्ब नाघ्यो कारोबार रकम

पालिका लाइभ
२०७८ माघ २, आईतवार

काठमाडाैं- सेयरबजारमा हरियाली छाएको छ। बजार परिसूचक नेप्से ६९ अंकले र क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ११.८१ अंकले बढेको हो। सोमबारको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा १ लाख १ हजार ५ सय ८९ पटकको खरिदबिक्रीपछि कारोबार रकम ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार पुगेको छ। दिनभरिमा उक्त कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर बिक्री भएको छ।

आज १३ वटै उपसमूह हरियो छन्। मध्यभोटेकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले आम्दानी गरेका छन् भने हिमालयन डिस्टिलरीका लगानीकर्ताले ८.६७ प्रतिशत कमाएका छन्।

आज लगानीकर्ताहरुले ३.८२ प्रतिशत गुमाएका छन्। आज ३२ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ