काठमाडाैं- लक्ष्मी बैंकले बिहीबार २१औँ वार्षिक साधारणसभा गरेको छ। साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड पुगेको बैंकले जनाएको छ। साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
आ.व. २०७७/७८ मा १ खर्ब १७ अर्ब निक्षेप र १ खर्ब ८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १ खर्ब ५२ अर्ब रहेको छ। सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
प्रतिक्रिया