+
Search

ताजा अपडेट +

पपुलर +

ओलीलाई प्रचण्डको चुनौती : पूर्वराजा ज्ञानेन्द्रसँग मैले पाँचबुँदे सहमति गरेको प्रमाणित गर्नुस्

पालिका लाइभ
२०७८ पुष १, बिहीबार

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

आज वक्तव्य जारी गर्दै प्रचण्डले ओलीको दरिद्र राजनीतिक चरित्र प्रदर्शित भएको भन्दै कथित सहमति प्रमाणित गर्न चुनौति दिएका छन् । प्रमाणित गर्न नसके जनतासामू माफी माग्नुपर्ने प्रचण्डको माग छ ।

‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ प्रचण्डको भनाइ छ, ‘म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

निकै कडा भाषामा जारी गरिएकाे वक्तव्यकाे सुरुमै भनिएकाे छ, ‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गु्टका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेका छन् ।’

ओलीले बुधबार तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका थिए ।

prachanda ko baktabya

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ