+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गाेरखामा जसपाकाे संगठन सुदृढीकरण अभियान !

पालिका लाइभ
२०७८ मंसिर १९, आईतवार

गाेरखा- जनता समाजवादी पार्टी (जसपा) गाेरखाले उत्तरी गाेरखामा सुज (संगठन सुदृढीकरण तथा जनजागरण) अभियान सञ्चालन गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीति अनुसार जसपा, गाेरखाले उत्तरी गाेरखाकाे चुमनुब्री गाउँपालिकामा अभियान गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्ट र उपाध्यक्ष राजेन्द्र पराजुलीसहितकाे टाेली उत्तरी गाेरखा पुगेका हुन् । जसपाका संघिय परिषद् अध्यक्ष डा. बाुबराम भट्टराई कार्तिक २२ गतेबाट मंसिर ३ गतेसम्म जिल्लाकाे १० वटा स्थानीय तहका करिब ८० वडामा सुज अभियान सञ्चालन गरेका थिए। बाबुरामकाे टाेली उत्तरी गाेरखाकाे भाैगाेलिक तथा लामाे समय देखि अबरूद्व पैदल मार्गका कारण अभियान सञ्चालन गर्न नसकेपछि जिल्लाकाे टाेली उत्तरी गाेरखा गएकाे हाे ।

15151 jasapa gorkha

मातहतका समिति गठन/पुर्नगठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि जसपाले गत असोजदेखि ‘सुज’ अभियान थालेको हो । ‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने पार्टीले जनाएको छ ।

गत कात्तिक २३ मा बाबुराम ध्याल्चोक, दर्बुङफाँट, ढाबे र फुजेलमा लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक, वारपाक, सौरपानी, स्वाँरा र देउरालीबगुवा, ताप्ने र नारेश्वरमा सिरान्चोक, छेपेटार र पालुङटार, दुधपोखरी, मृर्गे, पाडेथारी, ओख्रोनी, सिचौर, केराबारी, भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोकमा सुज कार्यक्रम भएकाे थियाे ।

याे पनि,

बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी कहिले बन्छ, भने- दुई महिनाभित्रै टुंगो लाग्छ

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : बाबुराम भट्टराई

मतदाता फकाउन बाबुरामको ‘चुनावी घरदैलो’

चुनावसम्मै गठबन्धन गर्ने सहमति जुटिसकेको छैनः बाबुराम भट्टराई

बाबुराम भट्टराई भन्छन्- सांसद् किनबेच गरेर सरकार बनाउने संसदीय प्रणाली काम छैन

प्रधानन्यायाधिश आफै हट्नुपर्छ नत्र महाअभियोग लगाउनुपर्छ- बाबुराम भट्टराई

गाेरखामा बाबुरामकाे ‘सुज’ अभियान : धार्चेदेखि बारपाक हुदैं भच्चेकसम्म, के छ कार्यक्रम ?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ