+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डसँग सहकार्य गर्ने सहमति भएको भोलिपल्ट विप्लवले भेटे नारायणकाजी !

पालिका लाइभ
२०७८ मंसिर ५, आईतवार

काठमाडाैं- विभिन्न नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई भेट्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज (आइतबार) बिहान नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। ​

नेता श्रेष्ठकै निवासमा पुगेर विप्लवले भेट गरेका हुन्। भेटका क्रममा दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। यसअघि हिजो (शनिबार) मात्र विप्लवले माओवादी केन्द्रकै अध्यक्ष ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। त्यस क्रममा दुई नेताबीच सहकार्य गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ।

narayankaji biplav1

प्रचण्ड र विप्लबीचको भेटवार्ताको लागि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गर्दै आएका छन् । महराले पनि आफूनिकट नेताहरुसँग विप्लवसँगको एकताले ठोस आकार लिने विश्वास दिलाउँदै आएका छन् । उनले तत्काल एकता नभएपनि सहकार्य गरेर जाने निश्चित् भएको सुनाउन थालेका छन् । विप्लवले पनि माओवादी केन्द्रसँग एकता हुने बताईसकेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ