+
Search

ताजा अपडेट +

पपुलर +

दलका उम्मेदवार र प्रतिनिधि बन्ने पत्रकारको सदस्यता खारेज गर्ने महासङ्घको चेतावनी

पालिका लाइभ
२०७८ मंसिर ५, आईतवार

काठमाडौं – राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।

अहिले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् । यसरी दलीय राजनीतिमा सहभागी भएकाहरुलाई महासंघ छाड्न आग्रह गरिएको महासंघका एक पदाधिकारीले बताए ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

20211121 FNJ Notice

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ