+
Search

ताजा अपडेट +

पपुलर +

दुई महिनामै प्रदेश सरकारको नेतृत्वमा समाजवादी, वागमतीको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

पालिका लाइभ
२०७८ कार्तिक ११, बिहीबार

हेटाैंडा- वागमती प्रदेश सरकारको मुख्यमन्त्रीका नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी बनेका पाण्डे वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् ।

 

एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वान बमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो ।

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सदस्यले हस्ताक्षर गरेका थिए ।

केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

पाण्डेसँगै तीन मन्त्रीले शपथ लिने तयारी 

ख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले तीन जना मन्त्री बनाउने तयारी गरेका छन्। कांग्रेसका तर्फबाट कृष्ण भँडेल, माओवादीका तर्फबाट कुमारी मोक्तान र एकीकृत समाजवादीका तर्फबाट कृष्ण खनाल मन्त्री हुने भएका छन्।

मोक्तानले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने माओवादी स्रोतले जनाएको छ। त्यस्तै, कांग्रेसका भडेलले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ