+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, चुनाव जितेर देखाऊ

पालिका लाइभ
२०७८ कार्तिक ७, आईतवार

झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् ।

आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिए ।

‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ ओलीले भने । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै नेपाललाई अव एमालेले कुनै स्थान दिन नसकिने बताए । ‘माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उनी कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्’, ओलीको आरोप छ ।

अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराव काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इर्श्याका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताए ।

‘प्रतिकृयावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दावी गरे ।

‘तीन महिनामा २५ जना मन्त्री भए एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी वेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्,अरु कारण छैन । एमालेले नियुक्त गरेका कारण राजदूत फिर्ता गरेका हुन्’, ओलीको भनाइ छ ।

उनले नेकपा एमालेले जनता र राष्ट्रको हितमा काम गर्ने भन्दै स्वार्थका लागि अवाञ्छित सम्झौता नगर्ने दावी समेत गरे । उनले एमाले नेतृत्वको सरकारले गरेका कामले राष्ट्रको शीर माथि उठाएको समेत बताए ।

उनले नेपाल अव गरिव देश रहिरहन नसक्ने भन्दै धनी बनाएरै छाड्ने उदेश्य अनुसार आफ्नो पार्टीको नेतृत्वको सरकारले देश बनाउन सम्मृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई अघि सारेकाले त्यसलाई सफल पार्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ