+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारमा देखिएन सुधार, नेप्से ५५.९३ अंकले घट्दा ४ अर्बमा खुम्चियो कारोबार

पालिका लाइभ
२०७८ आश्विन १७, आईतवार

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार उच्च अंकले घटेको छ। आज पुँजीबजार मापक परिसूचक (नेप्से) ५५.९३ अंकले घटेको हो।

गत साताको सुरुआती तीन दिन उच्च अंकले घटेको नेप्सेमा चौथो दिन (बुधबार) ५०. ५८ अंकले सुधार आएको थियो। तर, साताको अन्तिम कारोबार दिन बिहीबार पुन: ३२.५१ अंकले घट्न पुगेको थियो। यो साताको सुरुआत पनि घट्ने क्रमबाटै भएको छ।

आज ५५. ९३ अंकले घटेपछि नेप्से २५७७.४९ विन्दुमा ओर्लिएको छ। कारोबारसमेत चार अर्बमा खुम्चिएको छ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज नेप्सेमा चार अर्ब ११ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३२ वटा कम्पनीका ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर जम्मा ५२ हजार ३९१ पटक खरिद-बिक्री भएका थिए।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ